Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

नेपाल सहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै प्रकाश

लेन्सनेपाल २०७९ श्रावन १
नेपाल सहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै प्रकाश

चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित बिभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ ।

महङ्गो रकममा बिदेश राइट्स बेचेको बिनिस इन्टटेनमेण्टले नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ । उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको हो । साथै अन्य केही देशहरुबाट पनि माग भइरहेको र छिट्टै नै टुङ्गो लाग्ने निर्माता महेन्द्र अधिकारीले जनाएका छन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

बिकास सुबेदीको लेखन रहेको चलचित्रको पोष्टर रिलिज देखिनै यसको चर्चा निकै छ । अझ टिजर र सार्वजनिक दुई गीतले प्रकाश प्रतिक्षित चलचित्र बनेको छ । चलचित्रको सार्वजनिक पोष्टर, गीत र टिजरले हाइप क्रियट गरेसँगै बिदेश राइट्स बिक्री भएको हो ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।