Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

चलचित्र ‘प्रकाश’को दोस्रो गीत ‘जोर मैना’ सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ १६
चलचित्र ‘प्रकाश’को दोस्रो गीत ‘जोर मैना’ सार्वजनिक

चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।

जुम्म्लाको परिवेशमा छायाँकन भएको चलचित्रको गीतले मुख्य दुई पात्र विचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदिप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् ।

चलचित्रले बर्गिय विभेदको विषय प्रस्तुत गरेको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गिय विभेदकै विषय उठान गरेको बुझ्न सकिन्छ । चलचित्रका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदिप खड्का) र राधा बिश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले बर्गिय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।

गीतको बिचमा सम्बाद मार्फत वर्गिय विभेदका कारण युवतिको परिवार समेत उनीहरुको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ । युवतिको बुबाले बोलेको – ‘सपना देख्न सजिलो छ । तिनका हातमा न कुनै सिप छ, न जागिर, त्यो सँग बिहे गरिस भने त्यही समाजले तलाई भोलि हेला गर्नेछ ।’ सम्बादले पनि समाजका बिभिन्न तहहरुमा जस्तै प्रेममा पनि वर्गिय असमानताको असर देखाएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।