Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

दिया भन्छिन् –  ‘प्रकाश’का लागि पानी नपारेरै हात खुट्टा र ओठ फुटाए

लेन्सनेपाल २०७९ श्रावन १३
दिया भन्छिन् –  ‘प्रकाश’का लागि पानी नपारेरै हात खुट्टा र ओठ फुटाए

अभिनेत्री दिया मास्केले चलचित्र ‘प्रकाश’मा आफुले निभाएको सिताको भूमिकालाई विश्वसनिय बनाउन जुम्लाको माटोसँग खेलेको बताएकी छिन । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बौल्दै दियाले चलचित्रको छायाँकन हुनु १५ दिन अघि नै आफु जुम्ला पुगेर त्यहाँको रहन सहन, परिवेश र लवजसँग नजिक हुने कोसिस गरेको जनाइन ।

भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्र ‘प्रकाश’को क्यारेक्टरलाई न्याय दिन दियाले हात खुट्टा अनि ओठ समेत फुटाएको स्मरण समेत गरिन । जुम्लाको माटोसँग खलेरै आफुले हात खुट्टा अनि ओठ फुटाएको दियाले स्मरण गरिन । उक्त अबधीमा आफुले लुगाले छेकिने भागमात्र नुहाएको भन्दै हात खुट्टमा पानी समेत नपारेको उनको भनाई छ । आफुले आफ्नो पात्रलाई जति न्याय गर्न सक्यो त्यति नै दर्शकहरुमाथी न्याय हुने भन्दै उनले कडा साधना जरुरी भएको पनि बताइन ।

यस्तै अभिनेता प्रदिप खड्काले चलचित्र ‘प्रकाश’का लागि आफु पोखरामै आएर अभिनय सिकेको स्मरण गरे । चलचित्रका लेखकले वान लाइन स्टोरी सुनाउँदा नै आफु एक्साइटेड भएको प्रदिपको भनाई छ । त्यही उत्साहले आफुलाई अभिनयको कक्षा सम्म पु¥याएको भन्दै प्रदिपले आफुलाई विश्वास गर्ने निर्माता निर्देशक प्रति आभार व्यक्त गरे । आफुमाथी निर्देशकले भरोसा राखेर प्रकाश बनाएको भन्दै उनले दर्शकले आफु प्रति राखेको विश्वासलाई यो चलचित्रले थप बलियो बनाउने बताए ।

यस्तै चलचित्रका लेखक विकास सुबेदीले आज देशमा बर्गिय बिभेदको खाड्ल सबैभन्दा ठुलो समस्या रहेको भन्दै चलचित्रको विषय पनि यसैमा केन्द्रित रहेका जनाए । चलचित्र साहित्यको उच्चतम माध्यम भएको भन्दै उनले ‘प्रकाश’ले बर्गिय बिभेदबारे चेतना जागृत गराउने पनि विश्वास राखे । कतिपयले यसलाई जुम्लाको कथा भनिरहदा बिकासले भने यो देशका हरेक युवाको कथा भएको बताए । जुम्लाको परिवेशमा छायाँकन गरेर प्रतिनिधी पात्रका रुपमा त्यहाँको युवकमार्फत कथा भनिए पनि देशका सबै युवाले भोगेको समस्या नै प्रकाशको कथा भएको उनको कथन छ ।

यस्तै प्रचारमा भन्दा काममा बढी विश्वास राख्ने निर्देशक दिनेश राउतले अहिले सम्म सार्वजनिक भएका सामग्रीहरुले पनि धेरैकुरा बोलेको बताए । उनले आफुलाई यसका लेखकले चलचित्रको कथा सुनाउँदा यस्तो विषय सबैले थाहा पाउनु पर्छ भन्ने भएर नै चलचित्रका माध्यमबाट भन्ने कोसिस गरेको जनाए ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।