Poi Paryo Kale

Feature Film Family DramaOct 25, 2019Hall Release

News

‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७६ असोज १५
‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक

चलचित्र ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । पुजा शर्मा, सौगात मल्ल, आकाश श्रष्ठ र श्रृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्रको ट्रेलर कमेडी र कन्फ्यूजनले भरिएको छ ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा पुजा, सौगात, आकाश र श्रृष्टिका अलवा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ । 

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता दीपक मनाङे (राजीव गुरुङ), सरोज नेपाली, अमलादेबी राई र देव तामाङ हुन् । चलचित्रमा शिब ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन र लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ ।