Password

Feature Film Sep 13, 2019Hall Release

News

‘पासवर्ड’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७६ भाद्र ७
‘पासवर्ड’को ट्रेलर सार्वजनिक

चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन जनराको चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीको समेत नृत्य रहेको छ ।

सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् भने अमित बस्नेत र हिराल जोशी निर्माता, मोहित छब्रा युकेको लागि कार्यकारी निर्माता र अजित के.आर थापाको सहलगानी रहेको छ । चलचित्रका लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको चलचित्रको कथा सिमा गुरुङले लेखेकी हुन् ।