Pasina (The Sweat)

UA Feature Film DramaMay 10, 2019Hall Release

News

‘पसिना’को गीत सार्वजनिक

लेन्सनेपाल २०७६ बैशाख १९
‘पसिना’को गीत सार्वजनिक

चलचित्र ‘पसिना’को गीत सार्वजनिक गरिएको छ । मजदुर दिवसको अवसर पारी चलचित्रमा समावेश ‘हावा चल्यो सिरिरि’ बोलको गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको संगीत, नारद रिजालको शब्द रहेको गीतमा संगीतकार सिवाकोटीको स्वर छ । गीतमा कलाकारहरु गौरव पहाडी, अनु शाह, रविन्द्र प्रताप सेन, शान्ति गिरी, सुरजनी केसी लगायतलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियोमा शिव विक र राजीव समरको कोरियोग्राफी रहेको छ ।

गीत रिलिजसँगै निर्माण टिमले मजदुर दिवसको अवसरमा राजधानीमा र्याली समेत निकालेको छ । ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारासहित निर्माण युनिटले माइतीघर मण्डलाबाट र्याली निकालेको थियो । उक्त र्यालीमा निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए । र्यालीमा मुख्य कलाकारहरु भने सहभागी भएका थिएनन् ।

निर्देशक आर बि खत्री ‘शरद’का अनुसार चलचित्रले मजदुरहरुको हकहितका लागि आवाज उठाएको छ । मजदुरहरुको समस्या समाधान नभएसम्म देश समृद्ध नहुने कथामा चलचित्र केन्द्रित छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।