Pashupati Prasad 2: Bhasme Don

Feature Film Social DramaOct 21, 2023Hall Release

News

बिभिन्न देशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को अग्रिम टिकट खुल्ला

लेन्सनेपाल २०८० असोज १०
बिभिन्न देशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को अग्रिम टिकट खुल्ला

चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ कार्तिक ४ गतेबाट विश्वभर एकसाथ रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र यतिबेला चर्चामा छ ।

नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा समेत चलचित्रप्रति दर्शक प्रतिक्षा देखिएको छ । चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल भएकोले पनि यसको हाइप बढीरहदा केही देशहरुमा रिलिजभन्दा एक महिना अगाडी नै अग्रीम टिकट बुकिङ खुलेको छ । अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा चलचित्रको अग्रीम टिकट बुकिङ खुल्ला भएको हो ।

चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रति देखिएको यो क्रेजले नेपालमा मात्र नभएर विदेशी बजारमा समेत बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ । यसैबिच मेलबर्न प्रिमियरको तालिका समेत सार्वजनिक भइसकेको छ । मेलर्वनको चाइना टाउनमा अक्टोबर २३ मा चलचित्रको प्रिमियर हुँदैछ । यस्तै, २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रीम टिकट बुकिङ खुलिसेको छ । यता जापानका लागि पनि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा चलचित्र रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको हो ।

युरोपको बेल्जियम लगायतका देशमा पनि चलचित्रले आक्रामक सुरुवात गर्ने देखिएको छ । अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा चलचित्रको शो सुरु हुँदैछ । अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ । ओभरसिज वितरकले चलचित्रको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रीम टिकट बुकिङ खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा चलचित्र निर्माण गरिएको हो ।

चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ भने अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।