Mr. Nepali

Feature Film PatrioticNov 15, 2019Hall Release

News

अमेरिकामा ‘मिस्टर नेपाली’को प्रिमियर

लेन्सनेपाल २०७६ कार्तिक २७
अमेरिकामा ‘मिस्टर नेपाली’को प्रिमियर

चलचित्र ‘मिस्टर नेपाली’को प्रिमियर सम्पन्न भएको छ । अमेरिकाको टेक्सासमा आयोजना भएको प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।

प्रिमियरमा बाक्लो संख्यामा दर्शकहरु उपस्थित थिए । चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई उत्कृष्ट भनेको निर्माण पक्षले जनाएको छ । राष्ट्रियताको कथा भएका कारण कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र देखाउन आवश्यक रहेको प्रतिक्रिया दिए । केही दर्शकले भने चलचित्रले खुबै हसाँएको पनि बताए ।

चलचित्र हेर्ने अधिकांश दर्शक यसको कथावस्तुबाट सन्तुष्ट देखिएका छन् । उनीहरुले, राष्ट्रियताको कथा उठान गरेकाले पनि चलचित्र विदेशमा बस्ने नेपालीका लागि अझै रोचक हुने प्रतिक्रिया दिए ।

देव भुषालको निर्देशनमा बनेको चलचित्रमा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ । प्रेमराज दाहालको निर्माण रहेको चलचित्र शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुँदैछ ।