Mr. Nepali

Feature Film PatrioticNov 15, 2019Hall Release

News

‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’ सार्वजनिक

लेन्सनेपाल २०७६ कार्तिक २८
‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’ सार्वजनिक

चलचित्र ‘मिस्टर नेपाली’मा समावेश ‘डंका पिट्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा देव भुषालको शब्द, दिपक शर्माको संगीत र डेभिड शंकरको स्वर रहेको छ ।

गीतमा साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारको नृत्य रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा निरज कँडेलको छायांकन र जीवन थापाको सम्पादन छ ।

देव भुषालको लेखन तथा निर्देशन रहेको चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रमा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रले विदेशमा रहेपनि नेपालीपन हराउँदैन भन्ने कथालाई उठान गरेको छ । केही दिन अगाडि अमेरिकामा भएको विशेष शोमा यो चलचित्रलाई रुचाइएको थियो ।