Maitighar
Feature Film Social DramaSep 29, 2025Hall Release
News
‘माइतीघर’को ट्रेलर सार्वजनिक, पारिवारिक कथा
असोजको १३ गते फूलपातीबाट रिलिज हुन लागेको चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
पारिवारिक कथा रहेको चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेम र सांस्कृतिक द्वन्द्व देख्न सकिन्छ । चलचित्रले प्रेम, परिवार र सांस्कृतिक मूल्यबीचको संघर्ष र भावनात्मक उतारचढावलाई रोचक ढंगले प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ ।
मिलन तामाङको निर्देशन रहेको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् । रोहित अधिकारी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा रामशरण पाठकको लेखन, सुशन प्रजापतिको डीओपी र सुरेन्द्र पौडेलको सम्पादन छ ।
चलचित्रले तामाङ संस्कृतिको कथालाई पनि उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको चलचित्रमा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स र अष्ट महर्जनको एक्सन छ ।
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla




