Maitighar

Feature Film Social DramaSep 29, 2025Hall Release

News

‘माइतीघर’मा कलाकारको बलियो लाइनअप

लेन्सनेपाल २०८१ मंसिर २७
‘माइतीघर’मा कलाकारको बलियो लाइनअप

‘माग्ने बुढा’ नामले परिचित केदारप्रसाद घिमिरे, प्रकाश सपुत, उपासनासिंह ठकुरी र बुद्धि तामाङ चलचित्र ‘माइतीघर’मा आवद्ध भएका छन् । चलचित्रमा उनीहरु अनुबन्धित भएको निर्माता रोहित अधिकारीले जनाएका छन् ।

पारिवारिक कथावस्तुमा निर्माण हुने चलचित्रलाई मिलन तामाङले निर्देशन गर्ने छन् । यो उनको डेब्यु निर्देशकिय चलचित्र हुनेछ । 

ढिलोमा चैतदेखि छायांकन सुरु हुने जनाइउको चलचित्रको छायाँकन काठमाडौं, शैलुङ र काभ्रेमा हुने जनाइएको छ । चलचित्रको प्रदर्शन मिति २०८२ सालको दशैंलाई घोषणा गरिएको छ ।

चलचित्रमा रविन शेरचन र धीरज तामाङ निर्माता र इश्वर श्रेष्ठ र चन्द्रकुमार दोङ सहायक निर्माताको रुपमा रहने जनाइएको छ ।