Kale Dai

Feature Film Family DramaOct 04, 2019Hall Release

News

‘काले दाई’को गीत ‘आँखा आँखा’ सार्वजनिक

लेन्सनेपाल २०७६ असोज १५
‘काले दाई’को गीत ‘आँखा आँखा’ सार्वजनिक

चलचित्र ‘काले दाई’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आँखा आँखा जुधी’ बोलको गीतमा इन्द्र रामजालीको शब्द र संगीत, दीपा लामा र शिव के. परियारको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । रोमान्टिक गीतको भिडियोमा कलाकारद्वय इन्द्र रामजाली र अनु पराजुलीलाई फिचर गरिएको छ ।

प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा वाचन गरेको चलचित्रमा इन्द्र र अनुका अलावा शिशिर भण्डारी, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।
 
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । चलचित्र दशैँको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शन हुनेछ ।