Jani Najani
Feature Film Love StoryMar 15, 2019Hall Release
News
चलचित्र ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक
रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा दुइ मुख्य पात्र मनिष श्रेष्ठ र निरिषा बस्नेत फिचर्ड छन् ।
अर्जुन पोखरेलको संगीत रहेको ‘जानी नजानी’ बोलको गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर छ भने गीतको शब्द निर्माता मोदनाथ खनालले लेखेका हुन् । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतमा मनिष र निरिषा बीचको बढ्दो मायालाई चित्रण गरिएको छ । चलचित्रमा मनिष र निरिषासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतले अभिनय गरेका छन् ।
रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्रमा मोदनाथ खनाल र सागर काजि माली निर्माता रहेका छन् । चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



