Gopi

Feature Film Drama, SocialFeb 01, 2019Hall Release

News

चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७५ पौष ४
चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

गाईपालनमा संलग्न एक युवाको कथालाई प्रस्तुत गरिएको चलचित्रको ट्रेलर पनि यसकै वरिपरि केन्द्रित छ । विदेश जान परिवारको दबाब, स्वदेशमै केही गर्ने युवाको अठोट अनि त्यसमा आइपर्ने झमेलाहरु ट्रेलरमा देखाइएको छ । चलचित्रको कथा अनुसार नै ट्रेलर तयार पारिएको निर्देशक दिपेन्द्र लामाले बताएका छन् ।

आरोही केसीद्वारा निर्मित चलचित्र माघ १८ बाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा विपिन कार्की गाई पालकका रुपमा देखिएका छन् । चलचित्रमा उनका अलवा वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशन लामाकै कथा रहेको चलचित्रको पटकथा सम्बाद सामिप्यराज तिमल्सेनाले लेखेका हुन भने शैलेन्द्र डि. कार्कीको छायाँकन, र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।