Dal Bhat Tarkari

Feature Film May 03, 2019Hall Release

News

किरण केसीले बनाए ‘राता मकै गेट’

लेन्सनेपाल २०७६ बैशाख १६
किरण केसीले बनाए ‘राता मकै गेट’

हाँस्य कलाकार किरण केसीले ललितपुरको इमाडोलमा ‘राता मकै गेट’ निर्माण गरेका छन् । राता मकै चोकमा यो गेट निर्माण गरिएको हो । कलाकारितामा किरण केसी राता मकैको नामले परिचित छन् । सोही नामबाट निर्माण गरिएको गेटको लक्ष्मि नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

झन्डै १२ वर्ष अगाडी नामांकन भएको राता मकै चोक र त्यहाँको राता मकै मार्गले आफुलाई यो गेट बनाउन प्रेरित गरेको किरणले बताएका छन् । सडकको नाम नै रातामकै मार्ग भ
एकोले गेट निर्माण गर्नु आफ्नो दायित्व भएको उनको भनाई छ । उनले झन्डै ६ लाखको लागतमा बुवा दुर्गा बहादुर केसी र आम इन्द्र कुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए ।

किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्र ‘दालभात तरकारी’ आउने शुक्रबारबाट प्रदर्शन हुँदैछ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, निरुता सिंह, आचल शर्मा, पुष्प खड्का, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ । कमेडी जनराको चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।