Chiso Ashtray

Feature Film DramaMar 18, 2022Hall Release

News

२७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइटस्

लेन्सनेपाल २०७८ फागुन २७
२७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइटस्

नेपालमा प्रतिक्षित चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइटस् महंगो रकममा बिक्रि भएको छ । निर्माता महेश बाबु तिमिल्सिनाले दिएको जानकारी अनुसार उक्त राइटस् २७ लाख नेपालीमा बिक्रि भएको हो ।

अष्ट्रेलियाको कमेरो इभेन्ट्सले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाइएको छ । हालको मुद्रा एक्सचेन्ज रेट अनुसार यो रकम २७ लाख नेपाली बराबर हुन आउँछ । हालै निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाका तर्फबाट महेशबाबु र कमेरो इभेन्ट्सका तर्फबाट सुरज सुवेदीले औपचारिक सम्झौता गरेका छन् ।

दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको चलचित्र यतिबेला प्रतिक्षित बनिरहेको छ । चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ ।

प्रबिन स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता महेशबाबु तिमल्सिना हुन् । चलचित्रका सहनिर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

चलचित्र चैत ४ अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदैछ ।