Chha Maya Chhapakkai

UA 145 mins Feature Film ComedyOct 11, 2019Hall Release

News

‘छ’ छोडेनन् दिपकराजले, आगामी चलचित्रको नाम ‘छ माया छपक्कै’

लेन्सनेपाल २०७५ चैत्र २६
‘छ’ छोडेनन् दिपकराजले, आगामी चलचित्रको नाम ‘छ माया छपक्कै’

दिपकराज गिरी र रोहित अधिकारी मिलेर निर्माण गर्न लागेको चलचित्रको नाम ‘छ माया छपक्कै’ राखिएको छ । सोमबार चलचित्र बिकास बोर्डमा दर्ता भएसँगै निर्माण टिमले मंगलबार विहान उक्त नाम सार्वजनिक गरेको हो ।

आमा सरस्वती मुभिजरोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र वैशाखबाट छायाँकनमा जाने जनाइएको छ । चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्नेछन् । दिपेन्द्रकै कथा रहेको चलचित्रको पटकथा तथा सम्बाद दिपकराज गिरीको टिमले लेखेको छ । कमेडी जनरामा निर्माण हुने जनाइएको चलचित्रमा कलाकार दिपकराज गिरी र केदार घिमिरे मात्र फाइनल गरिएको छ, यद्यपी दर्ता गर्दा भने नायिकाका रुपमा दिपाश्री निरौलाको नाम उल्लेख गरिएको बुझिएको छ । चलचित्रमा हरि हुमागाईको छायाँकन रहने छ ।

आमा सरस्वती मुभिजले यसपटक पनि आफ्नो लक्की अक्षर ‘छ’ बाट नै चलचित्रको नाम जुराएको छ । यो व्यानरबाट विगतमा ‘छ एकान छ’, ‘वडा नम्बर छ’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ निर्माण भइसकेका छन् । यता रोहित अधिकारी फिल्मस्को व्यानरमा यसअघि ‘गाजलु’ निर्माण भएको थियो ।

संयुक्त व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा रोहित अधिकारीको लगानी रहने छ । चलचित्रमा दिपकराज गिरीले लेखन तथा अभिनयको पारिश्रमिक लिने छैनन्, त्यो वापत नाफाको ५० प्रतिशत लिने सहमति भएको छ ।