Chauka Dau

PG 110 mins Feature Film ComedyJan 11, 2019Hall Release

News

चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७५ मंसिर २७
चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक

चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको दुई मिनट ५० सेकेन्ड लामो ट्रेलरले चलचित्र कमेडी जनराको भएको स्पष्टै पार्छ । चलचित्रका मुख्य कलाकारहरु सन्तोष पन्त, तैयव शाह, विल्सन बिक्रम राई, रविन्द्र झा, वर्षा राउतलगायतलाई ट्रेलरमा स्थान दिइएको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्रलाई सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले सयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा  निर्मल शर्मा, अजस्र ढुगांना, सोनिका केसी, डाक्टर बिकाशा नन्द, सुनिता श्रेष्ठ, श्याम राईलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको कथा तथा संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दीर्घ गुरुङको छायाँकन र मित्र डि गुरुङको सम्पादन रहेको छ । साँढे चार दशकदेखि आफु चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको बताए बास्कोटाले जनाएका छन् । चौका दाउ हास्यप्रधान सामाजिक चलचित्र भएको र एकता दिवसको दिन २७ पुषमा रिलिज गर्न लागेको समेत बास्कोटाले जनाएका छन् ।