Baadshah Jutt

Feature Film Drama, Love StoryNov 01, 2019Hall Release

News

चलचित्र बादशाह जुटको गीत सार्वजनिक

लेन्सनेपाल २०७५ असोज २२
चलचित्र बादशाह जुटको गीत सार्वजनिक

चलचित्र बादशाह जुटको गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । लोक फ्लेवरको काफल पाक्यो बोलको गीतमा नायिका प्रियंका कार्की, सुशिल श्रेष्ठ, आमिर गौतम, रोशी खड्का र केइसा रावतको नृत्य रहेको छ ।

कृष्ण भारद्धाजको संगीत रहेको गीतमा डि. बि. खनालको शब्द तथा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । गीतको कोरियोग्राफी बिक्रम स्वारले गरेका हुन ।

मुम्बईमा चलचित्र मेकिङ्ग पढेर आएका जोनी सिंह राणाले निर्देशन गरेको चलचित्रलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
एच एण्ड बि फिल्मस् प्रा. ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, उत्तम हुमागाईको छायांकन, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।

चलचित्र पौष १३ गतेबाट प्रदर्शन हुनेछ ।