100 Kada 10

Feature Film Drama, Love StoryFeb 01, 2019Hall Release

News

चलचित्र ‘सयकडा दश’को गीत सार्वजनिक 

लेन्सनेपाल २०७५ मंसिर १

चलचित्र ‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी...’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा कल्याण सिंहको संगीत, तृषाला गुरुङ र सन्देश पाठकको स्वर तथा चलचित्रका निर्देशक रामशरण पाठकको शव्द रहेको छ ।

गीतमा कलाकारकरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललगायतले नृत्य गरेका छन् । वैवाहिक समारोहलाई चित्रण गरिएको गीत पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायाँकन गरिएको हो । यसै चलचित्रबाट हाँस्यकलाकार मनोज गजुरेलले ठुलो पर्दामा डेव्यु गरेका छन् । उनीसँगै अर्का हाँस्य कलाकार राजाराम पौडेल मुख्य भूमिकामा छन् । कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिचर हो ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा रज्जु प्रधान र उत्तम खत्रीको लगानी रहेको छ । चलचित्रका सहनिर्माता साजन थापा हुन् । चलचित्रको प्रदर्शन मिति माघ १८ लाई तय गरिएको छ ।