100 Kada 10

Feature Film Drama, Love StoryFeb 01, 2019Hall Release

News

‘सयकडा दश’ ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७५ पौष १५
‘सयकडा दश’ ट्रेलर सार्वजनिक

चलचित्र ‘सयकडा दश’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एका समारोहका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

भष्ट्राचार बिरुद्ध प्रेम भनिएको चलचित्रलाई भष्ट्राचार बिरोधी अभियानका रुपमा अर्थाइएको छ । रामशरण पाठक निर्देशित चलचित्रमा भष्ट्राचार बिरुद्धको कथा भनिएको छ । चलचित्रमा चर्चित हाँस्य कलाकार मनोज गजुरेलको साथमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।

राजाराम पौडेलले चलचित्रका कार्यकारी निर्माता समेत हुन । पहिलो पटक चलचित्र निर्माणमा हात हालेका पौडेलले यो चलचित्रबाट आफुलाई भन्दा पनि देशलाई नाफा होस् भन्ने उद्देश्य राखेको जनाएका छन् । कार्यक्रममा बोल्दै उनले जिन्दगीमा रहरले अनि पैसा कमाउनकै लागि धेरै चलचित्र खेलेको तर, सयकडा दश खेलेपछि आत्मादेखि सन्तुष्ट र गर्व महसुस भइरहेको बताए । विशेषगरि युवालाई सयकडा दश हेर्न उनको आग्रह छ । चलचित्रमा राजाराम भ्रष्टाचारी अधिकृतको भूमिकामा देखिएका छन् । 

यता निर्देशक पाठकले समाज र राजनीतिसँग चलचित्रको कथावस्तु सीधै जोडिएकाले दर्शकले अपनत्व महसुस गर्ने बताए । प्रेम भर्सेस भ्रष्टाचार बटमलाइन रहेको चलचित्रलाई स्वयम पाठकले लेखेका हुन् । दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन् । चलचित्र माघ १८ गतेबाट प्रदर्शन हुँदैछ ।

उक्त अवसरमा चलचित्र प्राविधिक संघ (नेफ्टा)का नवनिर्वाचित कार्यसमितिलाई सम्मान समेत गरिएको थियो ।