100 Kada 10

Feature Film Drama, Love StoryFeb 01, 2019Hall Release

News

‘सयकडा दस’ राष्ट्रिय चलचित्र – मन्त्री पण्डित

लेन्सनेपाल २०७५ माघ २०
‘सयकडा दस’ राष्ट्रिय चलचित्र – मन्त्री पण्डित

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले चलचित्र ‘सयकडा दस’को खुलेरै प्रसंसा गरेका छन् । राजधानीको कमलपोखरीस्थित कुमारी हलमा चलचित्र हेरेपछि उनले चलचित्रले सरकारलाई समेत भ्रष्टाचारविरुद्ध लाग्न घचघचाउने काम गरेको बताएका छन् ।

भ्रष्टाचारलाई केन्द्रीय विषय बनाएको भन्ने सुनेर पनि यो चलचित्र हेर्न आतुर रहेको बताउका पण्डितले चलचित्र हेर्ने क्रममा आफू पटकपटक भावुक बनेको समेत जनाएका छन् । मण्डि पण्डिले चलचित्रको प्रसंसा गर्द भने – ‘चलचित्रले बोकेको विषयवस्तु, त्यसको प्रस्तुतीकरण र दर्शकमा दिने सन्देश तथा मौलिकपना हेर्दा यसलाई राष्ट्रिय चलचित्र नै मान्दा फरक नपर्ने रहेछ ।’ उनले अघि थपे – ‘भ्रष्टाचार रोक्नका लागि चलचित्रले भनेजस्तै सरकार कटिबद्ध छ ।’ 

फिल्मलाई रामशरण पाठकको निर्देशन रहेको चलचित्र हेर्न मन्त्री पण्डितसँगै मुख्यसचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीको पनि उपस्थिति थिए । मुख्यसचिव रेग्मीले चलचित्र समसामयिक र सन्देशमूलक रहेको संक्षिप्त प्रतिक्रिया दिएका थिए भने अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि चलचित्र सशक्त माध्यम भएको बताउँदै ‘सयकडा दस’यसका लागि एउटा आदर्श चलचित्र भएको तर्क गरे । उनले भ्रष्टाचार न्यूनीकरणका लागि नागरिकसमेत चेतनशील हुनु जरुरी रहेको बताए ।

मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठलगायतको अभिनय रहेको छ ।