100 Kada 10

Feature Film Drama, Love StoryFeb 01, 2019Hall Release

News

‘सयकडा दश’को गीत ‘पिरतीको गाउँ...’ सार्वजनिक

लेन्सनेपाल २०७५ माघ १
‘सयकडा दश’को गीत ‘पिरतीको गाउँ...’ सार्वजनिक

चलचित्र ‘सयकडा दश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘पिरतीको गाउँ...’ बोलको गीत भिडियो साझेदारी सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा चलचित्रका मुख्य कलाकार अमृत ढुगांना, करुणा श्रेष्ठ र उत्तम न्यौपानेलाई फिचर्ड गरिएको छ । कल्याण सिंहको संगीत रहेको गीतमा रवि मल्लको शब्द तथा स्वप्न सुमन र त्रिशला गुरुङको स्वर छ भने दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ । भ्रष्टाचार विरुद्ध प्रेम भनिएको चलचित्रलाई रामशरण पाठकले निर्देशक गरेका हुन् ।

रज्जु प्रधानको प्रस्तुतीमा निर्माण भएको चलचित्रबाट बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल, करुणा श्रेष्ठ, सोनिया राई, उत्तम न्यौपाने लगायतका कलाकारले डेब्यु गर्दैछन् । चलचित्रमा राजराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्ट, एनबी गुरुङ, टंकराज आचार्य, प्रसिद्ध थापा, मानश्वी निरौलालगायतका कलाकारको पनि अभिनय रहेको छ । दर्शन नेपाल क्रियसन र डिआर म्युजिक एण्ड ट्रेडिङको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता कलाकार राजाराम पौडेल हुन् । ‘सयकडा दश’मा उत्तम खत्री, डिआर उपाध्याय र संजीव न्यौपानेको लगानी रहेको छ भने मनोज निरौला, बलकृष्ण घिमिरे र साजन थापा सह निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोलको संगीत, रामेश्वर कार्कीको छायांकन र बनिष शाह र भुपेन्द्र अधिकारको सम्पादन रहेको छ । चलचित्र माघ १८ गते रिलिज हुनेछ ।