Mahajatra

दुई निर्माता संघ बिच एकिकरण, बाहिर एउटा भित्र अर्को सहमति !

२०७५ फागुन ३०
दुई निर्माता संघ बिच एकिकरण, बाहिर एउटा भित्र अर्को सहमति !

आकाश अधिकारी नेतृत्वको नेपाल चलचित्र निर्माता संघ र नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ नेपाल बिच एकिकरण भएको छ । दुई संघ बिच भएको ९ बुँदे सहमति पछि एकिकरणको घोषणा गरिएको हो ।

दुई संघ मिले सँगै चलचित्र निर्माता संघ नेपालको बैधानिकता अन्त्य भएको छ । चैत्र २ गते हुने नेपाल चलचित्र निर्माता संघको १५ औं वार्षिक साधारण सभा अगावै चलचित्र निर्माता संघ नेपालको दर्ता समेत खारेज गर्ने सहमति भएको छ । आगामी दिनमा नेपाल चलचित्र निर्माता संघको नामबाट नै सम्पूर्ण कामहरु हुने विषयमा दुबै संघ सहमत भएका छन् ।

सम्झौता अनुसार नेपाल चलचित्र निर्माता संघमा चलचित्र निर्माता संघ नेपालले तोकेका ३ जना निर्मातालाई सदस्य, एकलाई बरिष्ठ उपाध्यक्ष र एकलाई उपाध्यक्ष बनाउने सहमति पनि भएको छ । नेपाल चलचित्र निर्माता संघमा हाल ३ सदस्य र एक उपाध्यक्ष पद खालि छ । बरिष्ठ उपाध्यक्ष पदमा भने केशब भट्टराई रहेका छन् । अध्यक्ष आकाश अधिकारीले खालि भएको खण्डमा मात्र उक्त पदमा अर्को व्यक्ति मनोनयन हुने जनाएका छन् । यद्यपी भट्टराई चलचित्र बिकास बोर्डको अध्यक्षको प्रतिष्पर्धामा छन् । भट्टराई अध्यक्ष भएको खण्डमा सो पदबाट राजिनामा दिन तयार भएकोले खालि भए पछि चलचित्र निर्माता संघ नेपालको सिफारिसमा नियुक्त गरिने बुझिएको छ ।

चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नबल खड्काका अनुसार बरिष्ठ उपाध्यक्ष पदमा उदय सुव्बा र उपाध्यक्ष पदमा बिमल पौडेललाई सिफारिस गरिसकिएको छ । सदस्यहरुको नाम भने उनले खुलाएनन् । बरु आफु साधारण सदस्य भएर बस्न तयार भएकोले एकिकरण सहज भएको सुनाए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार एकताको आवश्यकता दुबै पक्षले महशुस गरेकोले बिना शर्त एकिकरण सम्भव भएको हो । आफुहरुले नै उनीहरुलाई समेट्न पर्छ भनेर विभिन्न पदमा नियुक्तिको कुरा गरेको भन्दै उनीहरुका तर्फबाट कुनै पनि बार्गेनिङ्ग नभएको बताए । खासगरि नबल खड्काहरुले उठाउँदै आएको आर्थिक मुद्धाका सवालमा पनि कुनै इश्यु नरहेको उनको भनाई छ ।

निवर्तमान कार्यसमितिले भवन निर्माण कोषको दुरुपयोग भएको भन्दै नबल खड्का नेतृत्वको एक समुहले छानबिनको समेत माग गरेको थियो । भवन निर्माण कोषमा ३२ लाख रहेको दबी गर्दै आएको खड्का समूहले आफ्नो माग सम्बोधन नभएको भन्दै अन्ततः नयाँ संघ खोलेको थियो । खड्काले पटक पटक भवन निर्माण कोषमा ३२ लाख जम्मा नभए एकिकरण नहुने र सम्पूर्ण रकम दाखिला भए १ मिनेटमा आफ्नो संस्था खारेज गर्ने बताउँदै आएका थिए । तर, ९ बुँदे सम्झौतामा उक्त कुरा कतै पनि उल्लेख छैन । आकाश अधिकारीका अनुसार हाल भवन निर्माण कोषमा ७–८ लाख छ । नबल बाँकी २४ लाखको लागि आफ्नो लडाई जारी रहेको भन्दै छानबिनका लागि समिति बनाउने सहमति भएको बताउँछन् । बिज्ञप्तीमा उल्लेख नभए पनि कार्यसमितिले एउटा समिति बनाएर आर्थिक रुपमा भएका अनियमिताका सम्बन्धमा छानबिन गर्ने सहमति भएको उनको भनाई छ । तर, आकाश भने आर्थिक विषयमा उनीहरुले नबुझेको र स्पष्टसँग बुझाई सकेकोले यो मुद्धामा कुनै विवाद नरहेको जनाउँछन् । बाँकी केही कुरा भएमा २ गतेको साधारण सभामा छलफल हुने उनको भनाई छ । उनले भने बाहिर एउटा र भित्र अर्को सहमति नगरेको दाबी गरे ।

नबलको कुरामा सत्यता छ भने बाहिर एउटा सहमति देखाइयो र भित्र अर्को सहमति गरेर निर्माताको आँखामा छारो हाल्ने काम भएको छ । अनि अकाशको भनाईमा सत्यता छ भने नबलले आफ्नो बचाउका लागि झुटो बोलिरहेका छन् । समयले यसको जवाफ पक्कै दिनेछ ।

यस्तो छ दुई संघ बिचको ९ बुँदे सहमति