Mahajatra

फ्लप फिल्मका धनी प्रदिप खड्का

२०७५ चैत्र १०
फ्लप फिल्मका धनी प्रदिप खड्का

चकलेटी अनुहारका धनी प्रदिप खड्का । भनिन्छ प्रदिपको फ्यान फ्लोइङ्ग निकै लोभलाग्दो छ । उनी चल्तिका कलाकार पनि हुन । धेरैले सोच्छन् प्रदिपलाई लिएपछि चलचित्र हिट हुन्छ । नाफा नकमाए पनि घाटा बेहोर्नु पर्दैन । सायद यसैले होला मार्केटमा सुनिन्छ प्रदिपको पारिश्रमिक ४० लाख भनेर ।

यदि ४० लाख नै हो भने । यति मोटो पारिश्रमिक लिएर चलचित्र खेल्ने कलाकारको मार्केट भ्यालु चाँही के ? के उनलाई लिएपछि चलचित्र हिट हुन्छ त ? उनले चलचित्रलाई आफ्नो काधमा बोक्न सक्छन् कि सक्दैनन् ? यि प्रश्नको जवाफका लागि उनी अभिनित चलचित्रको बक्सअफिस रिपोर्ट बुझ्न जरुरी छ ।

सन् २०१४ मा ‘ठूलो मान्छे’ नामको चलचित्र निर्माण गरेर यस क्षेत्रमा आएका प्रदिपले सन् २०१५ मा प्रदर्शन भएको चलचित्र ‘स्केप’ मार्फत अभिनयमा डेव्यु गरेका हुन । प्रदर्शन हुन बाँकी चलचित्रलाई छोडेर हेर्दा हालसम्म उनी अभिनित ५ चलचित्र प्रदर्शनमा आएका छन् । ‘स्केप’, ‘प्रेमगीत’, ‘प्रेमगीत २’, ‘लिलिबिलि’ र ‘रोज’ । यि मध्ये ‘प्रेम गीत २’ बाहेक अरु सबै चलचित्र फ्लप भए ।

प्रदिप आफैले निर्माण समेत गरेको चलचित्र हो स्केप । यो चलचित्रले न त उनको क्रेज बनायो न त पैसा कमायो । पहिलो चलचित्रमा गरेको लगानी माटोमै मिल्यो ।

स्केप पछि उनले चलचित्र प्रेमगीतमा अभिनय गरे । कुनै पनि चलचित्रबाट अफर नआएर अष्ट्रेलिया जानै लागेका प्रदिपलाई प्रेमगीतको अफरले स्वदेशमै रोक्यो । चलचित्रको गीत रिलिज सँगै प्रदिपले सम्भावना देखाए । उनको लुक्सको तारिफ भयो । बिडम्बना चलचित्रले लगानी उठाउन सकेन । प्रेमगति हिट भयो भन्ने हौवा फैलाइयो । प्रदिपलाई रातारात स्टारको उपमा समेत दिइयो । आइतबार बिहान पोखराबाट टेलिफोन सम्बादमा निर्माता सन्तोष सेनले प्रेमगीतबाट आफु घाटामा रहेको जनाए । उनले प्रेमगीतले लगानी उठाउन नसकेको बताए । यसअर्थ यो प्रदिपको दोस्रो फ्लप चलचित्र सावित भयो ।

प्रदिपको तेस्रो चलचित्र हो, प्रेमगीत २ । प्रेमगीतबाट प्रदिपको तारिफ भएपछि सन्तोष सेनले त्यसको दोस्रो सिरिज प्रेमगीत २ मा पनि उनैलाई लिए । लामो समयको वर्कआउट पछि चलचित्रको छायाँकन थालियो । निर्माता सन्तोष सेनका अनुसार यो चलचित्र हिट भयो । चलचित्रले केही लाख कमायो । यसअर्थ यो चलचित्र प्रदिपको पहिलो हिट चलचित्र हो । यही नै उनको एकमात्र हिट चलचित्र ।

प्रदिपको चौथो चलचित्र लिलिविलि गत वर्षको अन्त्यमा प्रदर्शनमा आयो । यो चलचित्रबाट डेव्यु हिरोइन जसिता गुरुङको कामको निकै तारिफ भयो । जति जसिताको तारिफ भयो त्यति प्रदिपको हुन सकेन । बरु समग्रमा चलचित्रले केही अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड भने पायो । बक्स अफिसमा खासै कमाल देखाउन नसकेको यो चलचित्रलाई पनि हिट भनेर हल्ला गरियो । के लिलिबिलि हिट चलचित्र हो त हामीले यसबारे बुझ्न निर्माता मध्येका एक वितरक समेत रहेका गोविन्द शाहीलाई टेलिफोन गरेका थियौं । आइतबार बिहान ११ः१५ बजे शाहीको ९८५*****९४ नम्बरमा सम्पर्क गर्दा फोन उठेन । दिउसो यो समग्री तयार पार्दा सम्म पनि उनले कलव्याक गरेनन् । बरु केही दिन अघि निर्माता मध्येका एक तथा लिलिबिलिका निर्देशक मिलन चाम्सले स्पष्ट सँग यो चलचित्र घाटामा रहेको बताएका थिए । उनका अनुसार चलचित्रले लगानीसम्म रिकभर गर्न सकेन । यसअर्थ लिलिबिलि प्रदिप अभिनित तेस्रो फ्लप चलचित्र हो ।

अब प्रदिपको पाँचौ चलचित्रको कुरा गरौं । पाँचौ चलचित्र हो रोज । रोजको व्यवसायिक रिपोर्ट के कस्तो थियो सबैलाई थाहा नै छ । यसैवर्षको भदौंमा रिलिज भएको यो चलचित्रले त पानी समेत भन्न पाएन । रोजले फ्लप फिल्मको सुचिमा सुचिकृत हुनुबाहेक कुनै कमाल देखाउन सकेन । यसअर्थ यो प्रदिपको चौथो फ्लप चलचित्र हुन पुग्यो ।

आज सम्म प्रदिपका ५ चलचित्र प्रदर्शनमा आए । जसमध्ये ४ वटा असफल र एउटा मात्र सफल भयो । प्रतिशतकै आधारमा भन्ने हो भने ८० प्रतिशत चलचित्रले लगानी समेत उठाउन सकेनन् । ५ वटामा एउटा मात्र हिट फिल्म दिएका प्रदिप कसरी सफल कलाकार । अझै बजारमा प्रदिपको पारिश्रमिक ४० लाख भन्ने हल्ला छ । हामीले यसबारेमा बुझ्न प्रदिपलाई फोन गर्दा सम्पर्क हुन सकेन् । तत् पश्चात उनको ९८०*****८० नम्बरमा म्यासेज समेत पठायौं । (यही नम्बरमा यसअघि उनीसँग कुरा हुन्थ्यो ।) तर, यो सामग्री तयार पार्दासम्म पनि उनीसँग सम्पर्क हुन सकेन् । जसका कारण उनको धारणा समावेश गर्न सकिएन ।

प्रदिप मात्र होइन कोही कलाकारले आफ्ना कारण चलचित्रलाई व्यवसायिक रुपमा सफल बनाउछु भन्ने बिश्वास राख्छ भने मात्र मोटो रकम पारिश्रमिक माग गर्न सक्छ । तर, प्रदिपको हकमा उनकै कारण चलचित्र सफल भएको उदाहरण नै देखिएन । यसअर्थ निर्माताले उनका चलचित्रबाट लगानी रिकभर गर्न सक्दैनन् भने किन महङ्गो पारिश्रमिक दिने । निर्माताले पनि लाफ्नो लगानकिो सुरक्षा बारे सोच्नुपर्ने बेला आएन र !