Mahajatra

‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक 

२०७५ फागुन २८
‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक 

चलचित्र ‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको मार्मिक गीतमा प्रेमी र प्रेमीका बिच आउने उतार चढावको कथा पेश गरिएको छ । सार्वजनिक गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा हरिहर अधिकारी, कृष्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । हरिहर र कृष्टिनले यसै चलचित्रबाट अभिनयमा डेव्यु गरेका हुन ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा धर्मराज सुबेदीको लगानी रहेको छ भने प्रदिप कुमार उदय प्रस्तुतकर्ता रहेका छन् । सन्तोष बाबु लोहनीको निर्देशन रहेको चलचित्र चैत्र १५ गतेबाट प्रदर्शन हुँदैछ ।