Mansara

रिलिजको पूर्वसन्ध्यामा ‘कागजपत्र’को प्रिमियर

२०७५ चैत्र ८
रिलिजको पूर्वसन्ध्यामा ‘कागजपत्र’को प्रिमियर
प्रिमियरपछि युट्युवरहरु माझ प्रतिक्रिया दिदै कलाकारद्वय नाजिर हुसेन र सिल्पा मास्के । तस्विर : आर्यन विमली

चलचित्र ‘कागजपत्र’को प्रिमियर गरिएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहिबार साँझ राजधानीमा भएको प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अपिल विष्ट निर्देशित चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोला सापकोटा, सरिता गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

कमेडी जनराको चलचित्र ‘कागजपत्र’को प्रिमियरमा दयाहाङ राई, वर्षा सिवाकोटी, अरुणा कार्की, गौरव पहारी, अर्जुन कुमार, रामबाबु गुरुङलगायतका चलचित्रकर्मीहरु उपस्थित थिए । चलचित्र हेरिसकेपछि चलचित्रकर्मीहरुले कागजपत्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । पत्रकारहरुले भने द्विअर्थी शव्दहरु बढी भएको बताए ।

चलचित्रले अष्ट्रेलिया जानका नक्कली कागजपत्र तयार गर्न गरिने हर्कतहरुलाई देखाएको छ ।