Mahajatra

सामाजिक हैन मनोरञ्जनात्मक ‘कागजपत्र’ – अपिल विष्ट, निर्देशक

२०७५ चैत्र ४
सामाजिक हैन मनोरञ्जनात्मक ‘कागजपत्र’ – अपिल विष्ट, निर्देशक

आउने शुक्रबारबाट प्रदर्शन हुने चलचित्र कागजपत्रले प्रचारलाई तिब्र बनाएको छ । अफिल विष्ट निर्देशित चलचित्रले कागज पत्र मिलाएरै भएपनि अष्ट्रेलिया जान र पठाउन चाहने सबैलाई व्यङ्ग्य गरेका जनाइएको छ । यसअघि सामाजिक कथाको चलचित्र झुम्कि बनाउका निर्देशक बिष्टले यसपटक भने बढी मनोरञ्जन र थोरै सामाजिक सन्देश सहित कागजपत्र बनाएको बताउँछन् ।

चलचित्र झुम्कि न त पूर्ण सामाजिक बन्यो न त मनोरञ्जनात्मक अपिल भने – ‘त्यही चलचित्रबाट पाठ सिकेर कागजपत्र बनाइएको हो ।’ सामाजिक कथाका चलचित्र बनाउन मन पराउने अपिलले टिमको सल्लाह बमोजिम झुम्किमा मनोरञ्जनका लागि एउटा क्यारक्टरलाई कमेडी शैलीमा ढालेका पनि थिए । तर, चलचित्र यता न उताको बनेको बताए । त्यसैले यसपटक भने कि त सामाजिक कथामा आर्ट शैलीके चलचित्र बनाउने कि त पूर्ण मनोरञ्जनात्मक व्यवसायिक शैलीको चलचित्र बनाउने निधो गरेछन् । त्यसैले कागजपत्रलाई पूर्ण मनोरञ्जनात्मक शैलीको बनाए ।

एकतातिर अष्ट्रेलिया जान खोजिरहेकी एक युवति, जसको आर्थिक अवस्था कमजोर छ । त्यसले कसरी कागजपत्र मिलाउछे । अनि अर्को तिर हुलाक कार्यलयमा पियनको जागिर खाइरहेका एक व्यक्ति, जसको श्रमिति निकै महत्वाकांक्षि छे । उसले श्रीमानलाई बैदेखिक रोजगारीमा पठाउन चाहन्छे तर ४० वर्ष उमेर कटेकोले गाह्रो भएको छ । अब उसले पनि कसरी कागज पत्र मिलाउछ त ? कि उनीहरुको कुरा मिलेर डिपेण्डमा जाने गरि कागजपत्र मिलाउँछन् ? आखिर जसरी जान खोजेपनि कन्सल्टेन्सीमा त पुग्नै परयो । अब त्यहाँ के के हुन्छ होला । के उनीहरु अष्ट्रेलिया जालान वा कागजपत्र मिलाउन नसक्लान यि र यस्तै विषयलाई चलचित्रले रमाइलो तरिकाले प्रस्तुत गरेको निर्देशक विष्टको भनाई छ । त्यसो त विष्ट पनि डिपेण्डमै अष्ट्रेलिया गएका थिए । उनको विवाह अष्ट्रेलियन सिटिजन भएकी युवतिसँग भएकोले कागजपत्रको त्यति धेरै झन्झट त भएन तर, कन्सल्टेन्सीहरुसँग बुझ्दा, अष्ट्रेलियामा गएका बिद्यार्थीहरुको कुरा सुन्दा उनलाई कागजपत्रको कथा फुरयो । जुन कथालाई धेरै नेपालीले रिलेट गर्ने जिकिर बिष्टको छ ।

चलचित्रमा नाजिर हुसुन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, आर्जेस रेग्मी, निरज सिंह विष्ट, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, उज्वल शर्मा, भरत सापकोटालगायतका कालाकारको अभिनय रहेको छ । नाजिर चलचित्रका हरेक पात्रको उपस्थिति उत्तिकै महत्वपूर्ण भएको बताउँछन् । चलचित्रमा आफुले निभाएको भुमिका महत्वपूर्ण रहेको बताउँने नाजिर कागजपत्रलाई लिएर आशबादी समेत देखिएका छन् ।

इपी एजुकेशन अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । चलचित्रमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ । यस्तै कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।