Mahajatra

ज्योतिषी हरिहर अधिकारीको लभ, रोमान्स र द्वन्द्व (फोटो फिचर)

‘शुभलभ’मा यस्तो देखिए हरिहर

२०७५ चैत्र ३

ज्योतिषी हरिहर अधिकारीले अभिनय गरेको चलचित्र ‘शुभलभ’ चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैछ । अहिले सम्म पर्दामा नआएको कथा चलचित्रमा देख्न पाइने निर्माण टिमको कथन छ । आफ्नो वास्तविक जीवनको पेशासँग मिल्दो भएकोले चलचित्रमा अभिनय गर्न राजि भएको बताउँने हरिहरले रिलमा भने ज्योतिषी मात्र होइन लभ, रोमान्स र द्वन्द्वसमेत गरेका छन् ।

चलचित्रलाई लिएर उत्साहित देखिएका हरिहर आफ्नो कामलाई दर्शक तथा चलचित्रकर्मीहरुले मन पराउने विश्वास राख्छन् ।


बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्मा सुवेदीको लगानी रहेको चलचिका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा हरिहरका अलवा कृष्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।