Mahajatra

‘ए मेरो हजुर ३’ को दोश्रो गीत ‘परान’ सार्वजनिक

२०७५ चैत्र ८
‘ए मेरो हजुर ३’ को दोश्रो गीत ‘परान’ सार्वजनिक

चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको ‘परान’ बोलको गीत लोकलयमा आधारित छ ।

सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत र आशिष अविरल र अन्जु पन्त स्वर रहेको छ भने प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । विवाहको परिवेशमा छायाँकन गरिएको गीतमा अनमोल केसी, सलोन बस्नेत र डेव्यु गर्ल सुहाना थापाले नृत्य गरेका छन् । भिडियोमा आमेश भण्डारी बेहुलाको रुपमा देखिएका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चैत्र २९ गते देखि प्रदर्शनमा आउने यो चलचित्र ‘ए मेरो हजुर’को तेस्रो सिरिज हो ।

चलचित्रमा अनमोल, सुहाना र सलोनका अलवौ रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रेअर राई, सरोज खनाललगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक झरना थापा र सुमन पौडेलको कथा, छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको पटकथा र सम्बाद रहेको् चलचित्रमा दिर्घ खड्काको सम्पादन र हिमाल केसीको द्वन्द्व रहेको छ ।