Mansara

करिश्मालाई सर्वोत्कृष्ट होइन, पास भए पुग्छ

२०७५ चैत्र १०
करिश्मालाई सर्वोत्कृष्ट होइन, पास भए पुग्छ

नायिका करिश्मा मानन्धर आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छिन् । उनले विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षा दिएकी हुन ।

१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर चलचित्रमा आएकी करिश्मा ३ वर्ष अघि त्रिवेणी पब्ल्कि बोर्डिङ स्कुल मैतीदेवीमा कक्षा ८ मा भर्ना भएकी थिइन । सोही स्कुलबाट उनी एसईई सहभागी भएकी हुन ।

उनले निकै मेहनत गरेर परिक्षको तयारी गरेको बताएकी छिन । रिटल्टबारे कुरा गर्दै उनले आफुले एसईई उत्तिर्ण हुनका लागि पढेको भन्दै सर्वोत्कृष्ट हुन्छु भन्ने अपेक्षा नराखेको समेत जनाएकी छिन । चलचित्र क्षेत्रमा बिशिष्टता हासिल गरिसकेकोले अब भविष्यमा कुनै विषयमा बिशिष्टता हासिल गर्ने योजना भने नरहेको करिश्माको भनाई छ । यद्यपी गर्नै परे त्यसका लागि समेत तयार हुने बताएकी छिन ।

Mahajatra